शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ : सांसद निधि

बिहीबार, ०५ माघ २०७९, १२ : ५९
बिहीबार, ०५ माघ २०७९

नेपाली का‌ग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए । उनले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए । 

उनले ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको बताए । उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए । सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताए । 

सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताए । उनले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप