राष्ट्रपतिमा समर्थन जुटाउन प्रयास आजैदेखि गर्छौ : प्रदीप पौडेल
बिहीबार, ०५ माघ २०७९, १५ : ४५
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग उनले निर्वाचनमा गइसकेपछि समर्थन लिने कोसिस हुने कुरा स्वाभाविक भएको बताए ।
‘अहिले एउटा घोषित गठबन्धन एउटा ढंगको भइरहेको छ । त्यो गठबन्धन कायम रहिरहेको अवस्थामा हामीले हाम्रा उम्मेदवारलाई जिताउने अवस्था नहुन सक्छ । हामीले नयाँ सिराबाट समर्थन खोज्न प्रयास गर्ने कुरा स्वाभाविक हो ,’ उनले भने ।
तर नयाँ समर्थन प्राप्त गर्ने सुनिश्चित भई नसकेको पौडलेको भनाइ छ । ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । आजसम्मको परिस्थिति हेर्दा सहमति हुने सम्भावना देखिँदैन । तर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका निम्ति समर्थन जुटाउने प्रयास चाही आजैदेखि गर्छौ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण