सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ हुनुपर्थ्यो : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ नभएकोमा गुनासो गरेका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्योल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।
बैठकपछि कांग्रेस सांसद खतिवडाले भने, ‘सभामुखबाट रुलिङ हुनुपर्थ्यो । त्यो भएन । प्रधानमन्त्री र गृहमन्त्री बस्ने संसद्मा आरोपी सांसद बस्ने गरेको रेकर्ड छन् । तर गृहमन्त्रीले पक्राउन गर्न आदेश दिएको कुरा सुन्थ्यो । आफ्नो अगाडि भएकालाई आदेश नदिएर पछाडि भएकालाई आदेश दिने ?’
अदालतको फैसलाको कार्यान्वयनको कुरा आफूले उठाएको भन्दै व्यक्तिगत कसैसँग रिसिबी नरहेको उनले बताए । संसद्मा गृहमन्त्री रवि लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।
‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण