सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ हुनुपर्थ्यो : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ नभएकोमा गुनासो गरेका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्योल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।
बैठकपछि कांग्रेस सांसद खतिवडाले भने, ‘सभामुखबाट रुलिङ हुनुपर्थ्यो । त्यो भएन । प्रधानमन्त्री र गृहमन्त्री बस्ने संसद्मा आरोपी सांसद बस्ने गरेको रेकर्ड छन् । तर गृहमन्त्रीले पक्राउन गर्न आदेश दिएको कुरा सुन्थ्यो । आफ्नो अगाडि भएकालाई आदेश नदिएर पछाडि भएकालाई आदेश दिने ?’
अदालतको फैसलाको कार्यान्वयनको कुरा आफूले उठाएको भन्दै व्यक्तिगत कसैसँग रिसिबी नरहेको उनले बताए । संसद्मा गृहमन्त्री रवि लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।
‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नियमित प्रक्रियाबाट अगाडि बढायो भूमिसम्बन्धी विधेयक
-
विवाहेत्तर सम्बन्धका कारण बागबजारमा महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ
-
'गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम बन्यो'
-
नेप्सेले माग्यो सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण
-
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो