आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : सांसद नेम्वाङ

बिहीबार, ०५ माघ २०७९, १८ : ३२
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ ।

उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताए । उनले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए ।   

उनले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए । सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप