कविता : अर्काको लागि को रून्छ र ?
मैले देखेको छैन
कोही अर्काको लागि रोएको
ऊ आफ्नै लागि रून्छ
ऊ दया गरे जस्तो गर्छ
तर तिम्रै व्यथालाई
आफ्नै व्यथा ठानेर
तिम्रै मन जस्तो गरेर
आफ्नो मन पगालेर
कहाँ रून्छ र ?
बेग्ला बेग्लै हुन्छ त्यो रूवाइ
कोही बिछोडिदा
कोही दुखिदिँदा
कोही बिपत्तिमा पर्दा
कोही असफल हुँदा
कोही साथ छुटिदिँदा
कोही मन टुटिदिँदा
बोलिरहेको हुन्छ त्यो आँसु
सुँक्क सुँक्क आवाजसंगै
माया गरेजस्तो गर्नेले
बर, बिचारा भन्नेले
कहाँ सुन्छ र त्यो पीडा
कहाँ अनुभव गर्छ र त्यो व्यथा
कहाँ बुझ्छ र त्यो चित्कार
कहाँ देख्छ र वेदनाको घाउ ।
मैले यत्ति देखेको छु
रूनेले आफूलाई
आफै नै सम्हालिरहेको हुन्छ
चित्त बुझाउने कोसिस गरिरहेको हुन्छ
ओठ ट्याप्प पारेर
घुँक्क घुँक्क आवाज
रोक्न कोसिस गरिरहेको हुन्छ
आँखा ढकनीले ट्याप्प ढाकेर
परेलीबाट चुहिरहेको आँसु
रोक्ने प्रयत्न गरिरहेको हुन्छ ।
बिछोडिएको भएपनि
दुःखेको भएपनि
बिपत्तिमा परेपनि
असफल भएपनि
कसैसंग साथ छुटेपनि
कोमल मन टुटेपनि
तिम्रो लागि तिमी मात्र रून्छौ
तिम्रो व्यथालाई
आफ्नै व्यथा ठानेर
तिम्रै मन जस्तो गरेर
आफ्नो मन पगालेर
अरू को पो रून्छ र ?
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण