संसदमा गृहमन्त्रीलाई खतिवडाको प्रश्न : प्रेस विज्ञप्तिमार्फत अपराधी खोज्दै जाने हो देश कहाँ जान्छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयबाट पत्र जारी भएकोमा सो परिपाटी गलत भएको भन्दै आपत्ति जनाएका छन् । सांसद खतिवडाले ‘नेपालको प्रहरी प्रशासनले गृहमन्त्रीलाई टेर्न छाडेको हो ?’ भन्दै प्रश्नसमेत तेर्साएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे गृहमन्त्रीसँग जवाफ पनि माग गरेका छन् । उनले भने, ‘गृह मन्त्रालयबाट एउटा पत्र सार्वजनिक भएको छ । नेपालको इतिहासमा अपराधीलाई प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्पराको सुरुवात भएको छ । प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटी सुरु भयो भने देश कहाँ जाने हो ? बडा चिन्ताको विषय भयो ।’
उनले गृहमन्त्री रवि लामिछानेले केटाकेटापनको प्रदर्शन गरेको पनि जिकिर गरे । उनको प्रश्न थियो, ‘के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्परा सुरु भएको हो ? के अझै पनि जनतालाई ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ? यसरी अपराधी पक्रन सकिन्छ ? यसरी सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो ?’ संसद्मा विश्वासको मत दिँदा सांसद कोइरी उपस्थित भएको तर उनलाई पक्राउ गर्न नसकिएको स्मरण गराए । उनले मान्छे पक्रन नसक्ने अनि सूचना जारी गर्ने भन्दै गृहमन्त्रीको आलोचना गरे ।
सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसद्लाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे। उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँट्ने, छल्ने काम नगर्न पनि सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण