बैंकहरूको नाफा प्रभावित
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास (साउन - पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड - १९ महामारी तथा रूस- युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ ।
शनिबारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको थियो । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण