बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बैंकहरूको नाफा प्रभावित

आइतबार, ०८ माघ २०७९, ०५ : ४९
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास (साउन - पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड - १९ महामारी तथा रूस- युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ ।

शनिबारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको थियो । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप