बेलका नगरका ११ भूमिहीन परिवारले पाए जग्गाधनी लालपुर्जा
उदयपुर । उदयपुरको बेलका नगरपालिकाको ११ भूमिहीन घर परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्। राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव प्रसाद निरौला र प्रदेश सांसद राजन किराँती ‘वासु’ लगायतको उपस्थितिमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासका लागि बेलका नगरपालिका वडा नं ५ का सदा जातीका ११ घरपरिवारले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेका हुन्।
उदयपुरमा पहिलो चरणको लालपुर्जा वितरण कार्यक्रममा बेलका नगरपालिका -५ का उक्त घर परिवारले जग्गाको लालपुर्जा प्रमाण पत्र प्राप्त गरेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए। बेलका नगरपालिकामा विभिन्न किसिमका गरी करिब १२ हजार परिवारले अबको २ वर्ष भित्र धनी पुर्जा पाउने बेलकाका नगरप्रमुख कार्कीले बताए।
सुकुम्वासी जस्तै बसेर अनेकौँ समस्या झेल्दै आएका स्थानीय बासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पुर्जा वितरण गरिएको नगर उपप्रमुख जिरा राईले बताइन्। जग्गा प्राप्त गर्नेले धनी पुर्जा पाएको १० वर्षसम्म जग्गा बिक्री बितरण नपाउने बताउँदै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव प्रसाद निरौलाले अहिले आयोगले २७ जिल्लामा धनी पुर्जा दिन थालिएको तर उदयपुरमा निकै ढिलो वितरण भएको बताए।
कार्यक्रममा प्रदेश राजन किराँतीले संविधानले अङ्गीकार गरेको हुनाले आफू र प्रदेश १,सरकार जतिसक्दो भूमि समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता जनाउँदै जग्गा धनी पुर्जा वितरणको समस्या सक्न र सबै भूमिहीन दलित , सुकुम्वासी तथा अव्यवस्थितलाई धनी पुर्जा दिन लागिपरेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अव्यवस्थित भूमिको समस्या समाधान गर्दै राज्यको आम्दानी बढाउन राजस्वको दायरामा ल्याउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण