सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परीक्षण शिविरमा बालबालिका सहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।
शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रबाट खटिएका अनुभवी चिकित्सकद्वारा परीक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भए पनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परीक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधारण लाभान्वित भएका छन् ।’
उनले शिविरको क्रममा शारीरिक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण पश्चात् आवश्यकता अनुसार २० जनालाई अर्थोपेडिक सामग्री, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर, ४ जना वैशाखी समेत उपलब्ध गराइएको बताइन् ।‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परीक्षण गर्दा दश जनाको अपरेसन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरूको निःशुल्क अपरेसन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’
उनका अनुसार उक्त शिविरको परीक्षण मार्फत दुई जना व्यक्तिहरूलाई कृत्रिम अङ्गको आवश्यक देखिएकोले उनीहरूको अङ्गको नाप लिइएको र कृत्रिम अङ्गको तयारी पश्चात् निःशुल्क उपलब्ध गराइने छ । सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरिए पनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथिका सर्वसाधारणलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।
शिविरमा हात र खुट्टासँग सम्बन्धित शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू परीक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रको रुपन्देहीका सामाजिक परिचालक राजाराम चौधरीले बताए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण