छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका नौ जना पक्राउ
काठमाडौँ । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली गणपति वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका-६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उता धनुषाको जनकपुर उपमहानगरपालिका-१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण