शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा मृत भेटिएका किरणको हत्या नभएको ठहर

सोमबार, ०९ माघ २०७९, २१ : ४४
सोमबार, ०९ माघ २०७९

लन्डन । बेलायतमा डेढ महिनापछि मृत भेटिएका किरण पुनको हत्या नभएको यहाँस्थित ह्याम्प्शायर प्रहरीले पुष्टि गरेको छ । शवको पोस्टमार्टम रिपोर्टले किरणको मृत्यु ‘शंकास्पद’ नदेखाएको उल्लेख गरेतापनि प्रहरीले मृत्युको कारण भने खुलाएको छैन ।

बेलायतको एम्सबरी घर भएका भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका छोरा ३६ वर्षीय किरण पुन गत वर्ष डिसेम्बर १ देखि बेपत्ता भएका थिए । बेपत्ता किरणको शव डेढ महिनापछि जनवरी १५ मा स्थानीय ब्रिकफिल्ड कन्ट्री पार्कभित्रको झाडीमा भेटिएको थियो।

प्रहरी अनुसन्धानका क्रममा बेलायतकै फार्नबरोबाट समातिएका २१, २० र १७ वर्षका तीन युवा तथा अल्डरसटबाट समातिएका ३६ वर्षका र फ्लीटबाट गिरफ्तार २९ वर्षीय एक पुरुषलाई यस अघि नै जमानतमा रिहा गरिएको प्रहरीले जनाएको थियो ।

दुध फ्रयाक्ट्रीमा काम गर्ने किरण जनवरी १ बाट तीन दिन बिदामा थिए । बिदा भएपछि उनले आफ्नो बाबुलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडिदिन भनेका थिए । बाबु छोरा निस्किएपछि बुबाले बाटोमा इन्धन हालेका थिए र उक्त इन्धनको पैसा छोराले नै तिरेका थिए । छोरालाई स्टेशन छाडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि सम्पर्कबिहिन थिए भने उनको फोनसमेत ‘स्वीच अफ’ थियो ।

उक्त घटनालाई प्रहरीले ‘हाइ रिस्क’ मा राखेर प्राथमिकताका साथ खोजी गरेको थियो भने सहयोगको लागि अपिल गरेको थियो । प्रहरीले किरणको खोजीमा साथ दिने र सूचना शेयर गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप