मैले उपराष्ट्रपतिका लागि ‘लबिङ’ गरेको छैन : मातृका यादव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले आफूले उपराष्ट्रपतिका लागि कुनै नेतालाई दबाब नदिएको र लबिङ समेत नगरेको दाबी गरेका छन् । नेता यादवले मङ्गलवार सामाजिक सञ्जालमार्फत आफूले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चार माध्यममा प्रकाशित भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘ मैले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चार माध्यममा प्रकाशित भएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले उपराष्ट्रपति पदका लागि सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड वा अरू कुनै नेतालाई दबाब वा लबिङ गरेको छैन ’ यादवले भनेका छन्, ‘यस्तो गम्भीर विषयमा समाचार बनाउँदा मसँग सोध्दै नसोधी एकतर्फी पद लोलुपता देखाउने गरी समाचार लेख्नुले म बडो आश्चर्यचकित तथा दुःखित भएको छु । अतः उपराष्ट्रपति पदमा कुनै दाबी नभएको कुरा आदरणीय जनसमुदाय तथा पत्रकार महानुभावहरूमा स्पष्ट पार्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण