मैले उपराष्ट्रपतिका लागि ‘लबिङ’ गरेको छैन : मातृका यादव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले आफूले उपराष्ट्रपतिका लागि कुनै नेतालाई दबाब नदिएको र लबिङ समेत नगरेको दाबी गरेका छन् । नेता यादवले मङ्गलवार सामाजिक सञ्जालमार्फत आफूले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चार माध्यममा प्रकाशित भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘ मैले उपराष्ट्रपति पदमा दाबी गरेको सञ्चार माध्यममा प्रकाशित भएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले उपराष्ट्रपति पदका लागि सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड वा अरू कुनै नेतालाई दबाब वा लबिङ गरेको छैन ’ यादवले भनेका छन्, ‘यस्तो गम्भीर विषयमा समाचार बनाउँदा मसँग सोध्दै नसोधी एकतर्फी पद लोलुपता देखाउने गरी समाचार लेख्नुले म बडो आश्चर्यचकित तथा दुःखित भएको छु । अतः उपराष्ट्रपति पदमा कुनै दाबी नभएको कुरा आदरणीय जनसमुदाय तथा पत्रकार महानुभावहरूमा स्पष्ट पार्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने