एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक माघ २१ र २२ मा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाबारे ठोस छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएकोक छ । महासचिव डा. बेदुराम भुसालले माघ २१ र २२ गते बस्नेगरी बैठक बोलाएको जानकारी दिए ।
महासचिव भुसालका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरुको बैठक मार्फत गरिएका निर्णयलाई अनुमोदन गर्ने र विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।
भुसालले बैठकको कार्यसुचीमा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्तावर विविध रहेको जानकारी दिए । सो पार्टीले यसअघि पुस ६ गते सम्पन्न संगठन विभागको बैठकले गरेका विभिन्न निर्णयहरुलाई अन्तर संगठन निर्देशन (असनि)– ३ जारी गरेको थियो । जसमा पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने,सदस्यता नवीकरण तथा वितरण गर्ने,पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने निर्देशन गरिएको थियो ।
त्यस्तै सवै वडाहरुमा २०८० वैशाख १५, पालिका अधिवेशन वैशाख मसान्तभित्र २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन तथा २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्न पार्टीले निर्देशन दिएको थियो ।
त्यसैगरी आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलन/ अधिवेशन, चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका प्रदेश सम्मेलन/अधिवेशन गरिसक्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण