शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ : मन्त्री गिरी

बुधबार, ११ माघ २०७९, १९ : ३३
बुधबार, ११ माघ २०७९

पर्वत । स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गरी परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् ।

पर्वतको कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने,‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने बाचा गर्छु ।’

उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधा सम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप