प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ ग्रहण
बुधबार, ११ माघ २०७९, १९ : ५८
विराटनगर । वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले प्रदेश १ को मुख्य न्यायाधिवक्ता पदको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारुले आचार्यलाई शपथ खुवाएका हुन् ।
बिर्तामोड ५ झापा निवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
आचार्यको शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण