रुबिभ्याली विकास कार्यक्रमलाई अघि बढाउने मन्त्री दुलालको निर्णय
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल 'शरद'ले एकीकृत रुबिभ्याली विकास कार्यक्रमलाई अघि बढाउने निर्णय गरेका छन् ।
बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्दै मन्त्री दुलालले मानव विकास सूचकांकमा प्रदेशकै सबैभन्दा पछाडि परेको रुबिभ्याली गाउँपालिकामा 'एकीकृत रुबिभ्याली विकास कार्यक्रम'का विभिन्न पूर्वाधार निर्माणका कार्यक्रमलाई कार्यान्वयन प्रक्रियाको प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।
मन्त्रालयको जिम्मेवारी लिएको पहिलो दिन मन्त्री दुलालले खरको छानो मुक्त कार्यक्रमको प्रक्रिया अघि बढाउने योजना सदर गरेका छन् । उनले बागमती प्रदेशमा आर्थिक विपन्नताका कारण खरको छाना मुनि बस्न बाध्य नागरिकको घरलाई खरको छाना मुक्त बनाउने प्रदेश सरकारको कार्यक्रमलाई कार्यान्वयन प्रक्रिया प्रारम्भ गर्न योजनाको फाइल सदर गरेका हुन् ।
त्यस्तै मन्त्री दुलालले बजेट अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको खनियाबास र रुबीभ्याली जोड्ने लिङलिङ ग्यापको मोटरेबल पुलको लागि आवश्यक बजेट खनियाबास गाउँपालीकालाई दिने प्रतिबद्धतासहित निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गर्ने निर्णय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण