सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन्
उर्लाबारी । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ ।
मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए ।
साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसरी मिक्लाजुङ भइसकेपछि त्यहाँका स्थानीयवासीले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन पनि मधुमल्ला झर्नुपर्ने बाध्यता उनीहरुमा आयो ।
पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका क्षेत्रमा बसोवास गर्ने नागरिकले सामाजिक सुरक्षा भत्ता लिनकै लागि डेढ दुई घण्टाको पैदलयात्रा र लगभग ४०÷४५ मिनेटको बसको यात्रा गरेपछि मात्र उनीहरु बल्लतल्ल बुढौली शरीर लिएर मधुमल्ला आइपुग्ने र दिनभरिजसो बंंकमा भत्ता लिन लाइनमा बसेर घर फर्किदा झमक्कै साँझ पर्ने अवस्था थियो ।
विगतका पाँच वर्ष यसरी नै बिताउनुभएका स्थानीय बतासे गाउँका ज्येष्ठ नागरिक नरेन्द्र रसाइली भन्छन्, “विगतमा हामीले भोट दिएर जिताएर पठाएकाले एकचोटि वडामै आएर भत्ता दिएका थिए, त्यसपछि दिएनन्, अहिले नया जनप्रतिनिधि आउनुभएको छ, उहाँहरुले हरेकचोटि दिने भन्नुभएको छ विश्वास छ, अब हामीले स्याँस्याँ गर्दै मधुमल्ला धाउनुपर्दैन ।”
गाउँपालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको आफ्नो वाडका जनतालाई कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताए ।
भौगोलिक विकटता कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिनकै लागि नागरिकले पाएको दुःखलाई अन्त्य गर्न गाउँपालिकाको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी हरेक पटकको भत्ता वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताए ।
अन्य वडा २, ३, ४, ५ र ६ मा पनि सो क्षेत्रको भौगोलिक अवस्था हेरिसकेसम्म वडाबाटै भत्ता वितरण योजना गाउँपालिकाले लिएको राईले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण