बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र

बिहीबार, १२ माघ २०७९, १३ : ४३
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य रुपेश अधिकारीले कतार विश्वकपका क्रममा टिकट हिनामिना भएको भनिएको विषयमा प्रस्ट पार्न पत्र पठाएका छन् ।

विश्वकप फुटबलको टिकट वितरणका विषय विभिन्न सञ्चारमाध्यममा आइरहेकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र पठाएका हुन् ।

अधिकारीले फिफाबाट कति थान टिकट कुन कुन खेलका लागि प्राप्त भएको हो र उक्त टिकट कसलाई कुन आधारमा बितरण गरियो भन्नेबारे प्रष्ट पार्न माग गरेका छन् । उनले २०७९ कार्तिक २९ गते कार्यसमिति बैठकबाट निर्णय भए बमोजिम वितरण भएको हो कि हैन भन्ने विषयमा पनि जानकारी माग गरेका छन् । 

त्यस्तै उनले एएफसीलाई कति र किन टिकट दिइएको हो भन्ने विषयमा समेत जानकारी गराउन आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप