विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र
बिहीबार, १२ माघ २०७९, १३ : ४३
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य रुपेश अधिकारीले कतार विश्वकपका क्रममा टिकट हिनामिना भएको भनिएको विषयमा प्रस्ट पार्न पत्र पठाएका छन् ।
विश्वकप फुटबलको टिकट वितरणका विषय विभिन्न सञ्चारमाध्यममा आइरहेकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र पठाएका हुन् ।
अधिकारीले फिफाबाट कति थान टिकट कुन कुन खेलका लागि प्राप्त भएको हो र उक्त टिकट कसलाई कुन आधारमा बितरण गरियो भन्नेबारे प्रष्ट पार्न माग गरेका छन् । उनले २०७९ कार्तिक २९ गते कार्यसमिति बैठकबाट निर्णय भए बमोजिम वितरण भएको हो कि हैन भन्ने विषयमा पनि जानकारी माग गरेका छन् ।
त्यस्तै उनले एएफसीलाई कति र किन टिकट दिइएको हो भन्ने विषयमा समेत जानकारी गराउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण