आथिया-राहुललाई उपहारको वर्षा : ५० करोड भारुको अपार्टमेन्ट, २.१७ करोडको कार
मुम्बई । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि यी नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड भारुको आलिशान अपार्टमेन्ट उपहार दिएका छन् ।
सुनील शेट्टीका नजिकका साथी सलमान खानले अथियालाई १.६४ करोड भारुको अडी कार उपहार दिएका छन् । ज्याकी श्राफ, विराट कोहली, एमएस धोनी र अर्जुन कपुरले पनि आथिया र राहुललाई महँगो उपहार दिएका छन् । मिडिया रिपोर्टका अनुसार आथियाका विशेष साथी तथा अभिनेता अर्जुन कपुरले उनलाई १.५ करोड भारुको हिराको ब्रेसलेट दिएका छन् भने ज्याकी श्राफले आथियालाई ३० लाख भारुको लग्जरी घडी उपहार दिएका छन् ।
अथिया बाहेक केएल राहुलले पनि धेरै महँगो उपहार पाएका छन् । राहुलका नजिकका साथी विराट कोहलीले उनलाई २.१७ करोड भारुको बीएमडब्ल्यू कार उपहार दिएका छन् । योसँगै भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि राहुललाई ८० लाख भारुको कावासाकी निन्जा बाइक उपहार दिएका छन् ।
आथिया र राहुलको विवाह सुनील शेट्टीको खण्डाला फार्महाउसमा भएको थियो । यो विवाह निकै गोप्य राखिएको थियो । विवाहमा १०० जनालाई मात्र निम्तो दिइएको थियो । दीपिका-रणवीर, आलिया-रणवीर र विक्की-कट्रिनाको विवाह जस्तै यसलाई पनि धेरै हदसम्म गोप्य राखिएको थियो। यो विवाहमा पनि फोन लैजान बन्देज गरिएको थियो ।
आथिया र राहुलले चार वर्ष डेटिङ गरेपछि विवाह गरेका हुन् । आथियाले आफ्नो करियरमा ४ वटा फिल्म गरिसकेकी छिन् । उनले सलमान खानको प्रोडक्सनमा बनेको फिल्म हिरोबाट डेब्यु गरेका हुन् । आथियाको कुल सम्पत्ति २९ करोड भारु रहेको छ भने केएल राहुलले वार्षिक ३० करोड भारु कमाउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण