मधेस प्रदेशमा पनि जनमतलाई पाखा, दुई दिनमै परिवर्तन भयो मन्त्रालय
जनकपुरधाम । मधेस प्रदेशको चौथो ठेलो दल जनमतलाई प्रदेश सरकारमा पनि पाखा लगाइएको छ । यसअघि दिएको मन्त्रालय अचानक परिवर्तन गरेर प्रदेश सरकारमा जनमतलाई पाखा लगाइएको हो ।
मंसिर २९ गते मुख्यमन्त्रीसँगै बिना विभागीय मन्त्रीको शपथ लिएका जनमतका वसन्त कुशवाहालाई मंगलबार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर बिहीबार उनको मन्त्रालय परिवर्तन गरी उनलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
मंगलबार एमालेका सरोजकुमार यादवलाई भौतिक तथा पूर्वाधार मन्त्रालय, संजय यादवलाई अर्थ मन्त्रालय र जनमतका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अन्य दुई जना मन्त्रीको मन्त्रालय यथावत राखेर जनमतको मन्त्रालय परिवर्तन गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
संघीयमा जनमतलाई दिने भनिएको उद्योग मन्त्रालय खोसेर एमालेले आफूसँग राखेर उसलाई खानेपानी मन्त्रालय दिएपछि असन्तुष्टि जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण