शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा पनि जनमतलाई पाखा, दुई दिनमै परिवर्तन भयो मन्त्रालय

बिहीबार, १२ माघ २०७९, २० : ०२
बिहीबार, १२ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशको चौथो ठेलो दल जनमतलाई प्रदेश सरकारमा पनि पाखा लगाइएको छ । यसअघि दिएको मन्त्रालय अचानक परिवर्तन गरेर प्रदेश सरकारमा जनमतलाई पाखा लगाइएको हो ।

मंसिर २९ गते मुख्यमन्त्रीसँगै बिना विभागीय मन्त्रीको शपथ लिएका जनमतका वसन्त कुशवाहालाई मंगलबार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर बिहीबार उनको मन्त्रालय परिवर्तन गरी उनलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मंगलबार एमालेका सरोजकुमार यादवलाई भौतिक तथा पूर्वाधार मन्त्रालय, संजय यादवलाई अर्थ मन्त्रालय र जनमतका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अन्य दुई जना मन्त्रीको मन्त्रालय यथावत राखेर जनमतको मन्त्रालय परिवर्तन गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

संघीयमा जनमतलाई दिने भनिएको उद्योग मन्त्रालय खोसेर एमालेले आफूसँग राखेर उसलाई खानेपानी मन्त्रालय दिएपछि असन्तुष्टि जनाएको थियो । 

m 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप