सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन

सोमबार, १५ असार २०८३, १९ : ४९
सोमबार, १५ असार २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले पार्टी नियमावली-२०८३, आचार संहिता, संसदीय दलको नियमावली, र अनलाइनबाट सदस्यता नवीकरण तथा वितरण सम्बन्धी चार प्रस्तावहरूलाई अनुमोदन गरेको छ।
  • नेता रामकुमार भट्टराईका अनुसार बैठकमा राजनीति विषयमा छलफल नभएको र वामपन्थी एकता तथा ध्रुवीकरण यथावत् रहेको छ।
  • भट्टराईले पार्टी एकताका लागि पहिला पार्टीलाई बलियो बनाउनुपर्ने र सङ्गठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिने बताए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समिति बैठकले चार वटा प्रस्ताव अनुमोदन गरेको छ।

सोमबार बसेको भर्चुअल बैठकले पार्टी नियमावली-२०८३, आचार संहिता, संसदीय दलको नियमावली,अनलाइनबाट सदस्यता नवीकरण तथा वितरण सम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो ।

बैठकमा राजनीति विषयमा छलफल नभएको नेता रामकुमार भट्टराईले जानकारी दिए । वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा यथावत् रूपमै अगाडि बढिरहेको उनले बताए । 

'पार्टी एकताका लागि पहिला आफ्नो पार्टी  बलियो हुनुपर्छ । आफू बलियो भएमात्र वामपन्थी एकता बलियो हुन्छ । त्यसैले पहिला पार्टी बलियो बनाउने र सङ्गठन सुदृढीकरण गर्ने काममा ध्यान दिएका छौँ', भट्टराईले रातोपाटीसँग भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप