राजनीति
महराले पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्ने
शुक्रबार, १३ माघ २०७९, १० : ५८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं वार्ता टाेलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् । महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्ने आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए ।
‘महराजीले वार्ता टोलीको संयोजकको रूपमा बैठकमा छुट्टै प्रतिवेदन पेस गर्नु हुने छ । उहाँले अहिलेसम्म कुन कुन शक्तिसँग कति छलफल भयो ? अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्ने तयारी छ,’ खतिवडाले भने । माओवादी स्थायी समिति बैठक बिहीबारदेखि बैठक चलिरहेको छ ।
माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण