बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
बारा । बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् । आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी दिए ।
यस वर्ष आलु उत्पादनमा शुन्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । कृषकले विभिन्न जातका आलु सात हजार चार सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ दशमलव २५ मेट्रिक टनको दरले रु दुई अर्ब ४२ करोड १२ लाख ५० हजार मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए ।
कलैया बजारमा अहिले आलु प्रतिकिलो रु २० देखि रु २५ मा बिक्री वितरण भइरहेको छ । गत वर्ष कृषकले विभिन्न जातका आलु सात हजार चार सय २० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको आलु उत्पादन गरेका थिए । एक लाख १८ हजार सात सय २० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण