शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसलाई सुँघेर क्यान्सर पत्ता लगाइदिने कमिला

शुक्रबार, १३ माघ २०७९, १३ : १५
शुक्रबार, १३ माघ २०७९

शरीरमा भएका क्यान्सर ट्युमरका कारण शरीरबाट भिन्न खालको केमिकल निस्कने गर्छ । भोलाटाइल अर्गानिक कम्पाउन्ड भनिने यो रसायन पसिना र पिसाबसँगै बाहिर निस्कन्छ । अब कमिलाले यसै केमिकललाई सुँघेर थाहा पाउनेछ र कुनै परीक्षण बिना नै कमिलाले कसैलाई क्यान्सर छ वा छैन भनेर पत्ता लगाउन सक्नेछ । कमिलाको नाक नभएका कारण,  क्यान्सर सुँघ्न उनीहरुले आफ्नो एन्टेना प्रयोग गर्छन्।

युरोप र दक्षिण एसियामा धेरै पाइने फोर्मिका फस्का कमिलाको प्रयोग गरी गरिएको अध्ययनलाई कुनै पनि खर्च र शरीरमा घाउ बिना नै ठूलो मात्रामा क्यान्सर पहिचान गर्न सक्ने महत्वपूर्ण बायोमार्करका रूपमा लिइएको छ ।

सुँघ्ने क्षमता उच्च भएका कुकुरहरुले लामो समयदेखि मानिसमा क्यान्सर पत्ता लगाउन तालिम लिइरहेका छन् । धेरैजसो अवस्थामा क्यानसर पत्ता लाग्दा रोगले विकराल रुप लिइसकेको हुन्छ । यस्तो अवस्थामा विशेषज्ञले प्रारम्भिक चरणमा संकेत प्राप्त गर्न सजिलो हुने उपाय खोजिरहेका छन् । फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चले केही दिन अघि आफ्नो यो शोधबारे कुरा गर्दै कमिलाले यो मामिलामा कुकुरभन्दा पनि राम्रो प्रदर्शन गरिरहेको बताइएको छ । सो अध्ययन प्रोसिडिङ्ग्स अफ द रोयल सोसाइटी बीमा छापिएको छ ।

कम खर्च र शरीरमा कुनै चीरफार बिना क्यान्सरको सेल पत्ता लगाउनेबारे वैज्ञानिकहरु अत्यधिक खोज अनुसन्धान गरिरहेका छन् । यसलाई लिक्विड बायोप्सी भनिन्छ । अन्कोलोजिस्ट लगभग एक दशकदेखि यस्तो खालको बायोप्सी मेथडको खोजीमा थिए जसमा रगत वा पसिनाजस्ता शरीरको तरल पदार्थबाट क्यान्सरबारे पत्ता लगाउन सकियोस् । हालसम्म अन्य परीक्षणका साथै बायोप्सी हुँदै आएको छ । यसमा प्रभावित अंगको निकै सानो भाग लिएर त्यसको सेल्सको परीक्षण हुन्छ र क्यान्सर भए नभएको हेर्ने गरिन्छ ।

शोधका लागि वैज्ञानिकले मानिसको ब्रेस्ट क्यान्सरको सेल्स लिएर मुसामा ट्रान्सप्लान्ट गरिदिए र त्यसलाई बढ्न दिए । यो तरिकालाई जिनोग्राफ्टिङ भनिन्छ । यी मुसाको पिसाबसहित स्वस्थ मुसाको पिसाबको स्याम्पल लिएर त्यसलाई कमिलाको अगाडि राखियो । साथै यसमा रिवार्ड सिस्टम पनि थियो जसका लागि यी कमिलालाई पहिलादेखि नै तालिम दिइएको थियो । यसो गर्दा कमिलाले क्यान्सर सेल भएका स्याम्पललाई तुरुन्तै चिन्यो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा भइरहेको मृत्युको दोस्रो ठूलो कारण क्यान्सर हो । सन् २०१८ मा हरेक ६ मध्ये एकको मृत्यु कुनै न कुनै खालको क्यान्सर थियो । ब्रिटिश मेडिकल एसोसिएशनका अनुसार क्यान्सरको पहिचानदेखि यसको उपचार सुरु गर्नमा एक महिनाको ढिलाईले पनि मृत्युको जोखिम १० प्रतिशतसम्म बढाउने गर्छ । यस्तोमा समयमा क्यान्सरको पहिचान हुँदा ज्यान बचाउन निकै सहयोगी हुन सक्नेछ । यसैकारण वैज्ञानिकले लिक्विड बायोप्सीका लागि निकै आशा गरिरहेका छन् ।

क्यान्सरका लागि कमिलाको विषयमा पहिला पनि परीक्षण भइरहे । जस्तै केही वर्ष अघि कमिलामा पाइने एक केमिकलले क्यान्सरको औषधीको असर ५० गुणासम्म बढाउने एक अध्ययनमा दाबी गरिएको थियो । यो केमिकल ‘बिच्छु घास’ नामको बोटमा पनि पाइन्छ । साइन्स रिसर्च म्यागजिन ‘नेचर कम्युनिकेशन्स’ मा छापिएको एक अनुसन्धानमा बताइए अनुसार कमिला वा बिच्छु घासमा पाइने केमिकल ‘सोडियम फोस्फेट’ लाई क्यान्सरको उपचारमा समावेश गर्दा औषधीमा क्यान्सरग्रस्त कोसिकालाई नष्ट गर्ने क्षमता थुप्रै गुणा बढेको छ ।

गर्भाशयमा भएको क्यान्सरले ग्रस्त कोसिकामा प्रयोगशालामा गरिएको परीक्षणको बेला क्यान्सरको उपचारमा प्रयोग हुने औषधी JS07 को प्रयोग सोडियम फोस्फेटसँग गरियो तब यसको असर लगभग ५० गुणासम्म बढ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप