विवेकशीलको २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय गठन
शुक्रबार, १३ माघ २०७९, १३ : २१

काठमाडौं । विवेकशील साझा पार्टीले २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा सदस्यहरु केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान,जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र केसी,विमल तामाङ,प्रदीप थापा रहेका छन् ।
त्यसैगरी मिलन पाण्डे, यमनारायण खनाल, रमण सुवेदी, सुरेन्द्र रानाभाट, धनेज थापा र शंकर वञ्जाडे पनि सचिवालयमा रहेका छन् । एक जना सदस्य पछि मनोनयन गरिने सो पार्टीले जनाएको छ । सो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन माघ २७ र २८ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता