शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

शुक्रबार, १३ माघ २०७९, १८ : ३१
शुक्रबार, १३ माघ २०७९

सुवा । फीजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ । प्रधानमन्त्री सिटिभेनी रबुकाले फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ । 

फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै प्रधानमन्त्रीले भने,'हामीलाई  सो सहकार्य जारी राख्नु आवश्यक  छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।' फीजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको  सार्वजनिकरूपमा बताएको हो । 

सन् २०११ मा गरिएको  सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम  लिने लगायतका विषयहरू समावेश थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइमा पुगेको थियो ।  

फिजी टाइम्सका अनुसार चीनको र फिजीको  प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक् रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहेको बताइएको छ । यद्यपि अस्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप