फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने
सुवा । फीजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ । प्रधानमन्त्री सिटिभेनी रबुकाले फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ ।
फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै प्रधानमन्त्रीले भने,'हामीलाई सो सहकार्य जारी राख्नु आवश्यक छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।' फीजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिकरूपमा बताएको हो ।
सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम लिने लगायतका विषयहरू समावेश थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइमा पुगेको थियो ।
फिजी टाइम्सका अनुसार चीनको र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक् रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहेको बताइएको छ । यद्यपि अस्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण