राजनीतिक स्थायित्वका लागि समीकरण टुट्न दिन हुँदैन : ईश्वर पोखरेल
सिन्धुपाल्चोक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् । उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए । नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।
“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– “यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण