नवलपरासीमा नेत्रज्योति सङ्घको आँखा शिविर, २५० जनाको निःशुल्क शल्यक्रिया
नवलपरासी । नेपाल नेत्रज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान डा विनोद निकिता कँडेल आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरबाट ६३४ जना लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ नवलपरासीसँगको सहकार्यमा सरावल गाउँपालिकाको मनरी हेप्थपोष्टमा माघ १३ गते आयोजना गरिएको उक्त आँखा शिविरमा आँखा परीक्षण गराएकाहरू मध्य २५० जना बिरामीहरूमा मोतीबिन्दु रोग देखिएको छ ।
मेतिबिन्दु देखिएका २५० जना बिरामीको डा विनोद निकिता कँडेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने अस्पतालका व्यवस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिए । मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।
मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न सङ्घ संस्थाहरुसंगको सहकार्यमा देशैभरि निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण