जनतामा बितृष्णा देखिनु शुभ संकेत होइन : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको टिप्पणी गरेका छन् । पार्टीको संगठन विभागद्वारा आज काठमाडौंमा आयोजित ‘उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा बोल्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताए ।
थापाले शान्ति र समृद्धिको चाहना पूरा हुनेमा जनतामा आशंका शुरु भएको बताउँदै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण , बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त छन्, त्यसैले जनतामा चरम असन्तुष्टि बढेको छ ।’
सो अवसरमा संगठन विभाग प्रमुख एवम् महामन्त्री राजाराम बर्तौलाले ‘उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान’ कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु क्रमशः श्याम घिमिरे, जीपी दाहाल र श्याम नेपालले पनि मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण