शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने

आइतबार, १५ माघ २०७९, १८ : १३
आइतबार, १५ माघ २०७९

काठमाडौं । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । 

चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ । चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि बनाइने निर्माण टिमले बताएको छ । 

चलचित्रमा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने छैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनेछन् ।  

कार्यक्रममा बोल्दै अमिनेता रविन्द्र सिंह बानियाँले पशुपतिप्रसाद बनाउने कि नबनाउने भनेर धेरै सोचेपछि मात्रै फिल्म बनाउन लागेको बताए । उनले पशुपतिप्रसादको मायाँलाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेको बताए । कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि धेरै नै महत्वपूर्ण भएको बताए । उनले आफ्नो जोडी पशुपतिप्रसादसँग भएकाले त्यही अनुसारको पात्र हुनुपर्छ भन्ने हिसाबले आफूलाई फिल्ममा नपर्दा पनि चित्त बुझाएको बताइन् ।  

कार्यक्रममा चलचित्र निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको बताए ।  

कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले पशुपतिप्रसादको सिक्वेल बनाउन लामो समयदेखि कुरा भएपनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताए । उनले पशुपतिप्रसाद रिलिज भएको ७ वर्ष पूरा भएपछि मात्रै पशुपतिप्रसाद २ भष्मे डन बनाउन लागेको बताए । उनले सबै दर्शकको मन जित्ने तरिकाले फिल्म बनाउने बताए । 

त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले पशुपतिप्रसाद आफूले एक्लै हलमा हेरेको फिल्म भएको बताइन् । उनले पशुपतिप्रसालाई अहिलेसम्म पनि धेरैले मन पराउने बताइन् । चर्चित फिल्ममा आफूले सहकार्य गर्न पाउँदा धेरै नै खुशी लागेको बताइन् ।  उनले आफूलाई फिल्ममा समयको भन्दा पनि पात्रको भूमिका कति महत्वपूर्ण छ भन्नेकुराले आफूलाई महत्व राख्ने बताइन् ।  

चलचित्रमा विपिन कार्कीको पनि मुख्य भूमिका रहनेछ । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ । चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन् । चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप