केयरगिभरको छनोट प्रक्रिया पुनरावलोकन गरिने
काठमाडौँ । इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरावलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरावलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायली राजदूतसँग भएको पटकपटकको छलफलमा सबै प्रक्रिया पुनरवलोकनको विषय उठेको हो । विभागअन्तर्गतको इजरायल/जापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलमा नेपाली केयरगिभर लैजाने कार्य ढिलो भएकाले यसलाई सुधार गरेपछि मात्रै नयाँ मागसम्बन्धी काम गर्न प्रस्ताव इजरायली पक्षसँग गरिएको जानकारी दिए । हालको प्रक्रियाले श्रमिकलाई आर्थिक रूपमा मर्का परेकाले अब नयाँ आउने मागमा यस्तो नहोस् भनेर अहिलेदेखि नै पुनरावलोकनको प्रस्ताव गरिएको उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण