रवि पुनः सभापति भएसँगै रास्वपाको प्रदेशस्तरीय बैठक तय
सोमबार, १६ माघ २०७९, ०८ : ०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठकको मिति पुनः तय गरिएको छ । सभापतिमा रवि लामिछाने पुनः चयन भएसँगै आइतबार बसेको केन्द्रीय समिति बैठकले माघ २१ प्रदेशस्तरीय विस्तारित बैठक सुरु गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
पार्टीको निर्णयअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ । तर, प्रदेश नम्बर १, मधेस प्रदेश र बागमती प्रदेशमा हुने विस्तारित प्रदेश बैठकका छिट्टै निर्णय हुने प्रवक्ता ढकालले जानकारी दिए ।
लामिछानेको नागरिकता अवैध भएको ठहर भएपछि पार्टीले बैठक स्थगित गरेको थियो । तर आइतबार नै लामिछानेले प्रशासनबाट नागरिकता पुनः कायम गराएपछि पार्टीमा कमब्याक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि सुनुवाइ हुँदै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण