धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् । आइतबार राति करिब २ बजेदेखि ४ बजे समयको बीचमा अभियुक्तहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका हुन् ।
जीर्ण तथा पुरानो भवनमा रहेको थुनुवा कक्षको पर्खाल भत्काएर लागु औषधमा पक्राउ परेका १ जना, हातहतियारमा पक्राउ परेका २ जना तथा अभद्र व्यवहारमा पक्राउ परेका ३ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार लागु औषधमा पक्राउ परका क्षिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा, हातहतियारमा पक्राउ परेका मिथिला नगरपालिका ६ का रोशन साह र शंकर साह तथा अभद्र व्यवहारमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल, रोशन मण्डल र मिथिला नगरपालिका २ का हरिदेव सिंह फरार भएका छन् ।
अभियुक्तहरू फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बेचन यादव उपर आवश्यक अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । उनले भवनको पर्खाल कमजोर भएकै कारण भत्काएर उनीहरू फरार भएको हुनसक्ने बताए । उनीहरूको खोजबिन तीव्र गतिमा भइरहेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण