जुम्लामा बहुविवाहका फरार अभियुक्त पक्राउ
सोमबार, १६ माघ २०७९, १६ : २९
जुम्ला । जुम्लामा १ जना बहुविवाहका फरार अभियुक्त पक्राउ परेका छन्। पातारासी गाउँपालिका ६ का लक्ष्मी विष्ट पक्राउ परेका हुन् ।
डिएसपी नरेन्द्र चन्दले चन्दननाथ नगरपालिका १ ठिन्के भने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताए । प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटाएको टोलीले पक्राउ गरेको थियो।
अभियुक्त बिष्टलाई जिल्ला अदालत जुम्लाको २०७८/१२/११ गतेको फैसलाअनुसार १० हजार जरिवाना सहित १० महिना २८ दिन कैद सजायको फैसला सुनाइएको थियो। फरार अभियुक्तलाई अदालत जुम्लामा पेस गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण