शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा बहुविवाहका फरार अभियुक्त  पक्राउ

सोमबार, १६ माघ २०७९, १६ : २९
सोमबार, १६ माघ २०७९

जुम्ला । जुम्लामा १ जना बहुविवाहका फरार अभियुक्त पक्राउ परेका छन्। पातारासी गाउँपालिका ६ का लक्ष्मी विष्ट पक्राउ परेका हुन् ।

डिएसपी नरेन्द्र चन्दले चन्दननाथ नगरपालिका १ ठिन्के भने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताए । प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटाएको टोलीले पक्राउ गरेको थियो।

अभियुक्त बिष्टलाई जिल्ला अदालत जुम्लाको २०७८/१२/११ गतेको फैसलाअनुसार १० हजार जरिवाना सहित १० महिना २८ दिन कैद सजायको फैसला सुनाइएको थियो। फरार अभियुक्तलाई अदालत जुम्लामा पेस गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप