रक्सी खाएर प्रहरीको हात भाँच्ने अटो व्यवसायी थापा छुटे
सोमबार, १६ माघ २०७९, १८ : १२
पोखरा । मापासे चेकिङका क्रममा प्रहरीमाथि हातपात गर्ने पोखराका अटो व्यवसायी सौरभ थापा जरिवानापछि छुटेका छन् । मापासे चेकिङका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरीमाथि हातपात गर्ने पोखराका अटो व्यवसायी थापा जरिवानापछि सोमबार छुटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ) टेकबहादुर केसीका अनुसार थापा ४ हजार जरिवाना तिरेर छुटेका छन् । पाँचदिन अघि कास्की प्रहरीले चेकिङ गर्ने क्रममा थापाले हातपात गर्दा प्रहरीको हात भाँचिएको थियो ।
उनलाई नियन्त्रणमा लिएर पाँचदिन हिरासतमा राखेपनि सोमबार उनी छुटेका हुन् । कास्कीका इन्स्पेक्टर सुवास तिमिल्सिनाका अनुसार थापालाई नियन्त्रणमा लिँदा गाडीको ढोकाले प्रहरीको हातको हड्डी भाँचिएको थियो । २५ वर्षीय थापा अटो मोबाइल एसोसिएसन अफ नेपाल नाडा अध्यक्ष ध्रुव थापाका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण