शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी खाएर प्रहरीको हात भाँच्ने अटो व्यवसायी  थापा छुटे

सोमबार, १६ माघ २०७९, १८ : १२
सोमबार, १६ माघ २०७९

पोखरा । मापासे चेकिङका क्रममा प्रहरीमाथि हातपात गर्ने पोखराका अटो व्यवसायी सौरभ थापा जरिवानापछि छुटेका छन् । मापासे चेकिङका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरीमाथि हातपात गर्ने पोखराका अटो व्यवसायी थापा जरिवानापछि सोमबार छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ) टेकबहादुर केसीका अनुसार थापा ४ हजार जरिवाना तिरेर छुटेका छन् । पाँचदिन अघि कास्की प्रहरीले चेकिङ गर्ने क्रममा थापाले हातपात गर्दा प्रहरीको हात भाँचिएको थियो ।

उनलाई नियन्त्रणमा लिएर पाँचदिन हिरासतमा राखेपनि सोमबार उनी छुटेका हुन् । कास्कीका इन्स्पेक्टर सुवास तिमिल्सिनाका अनुसार थापालाई नियन्त्रणमा लिँदा गाडीको ढोकाले प्रहरीको हातको हड्डी भाँचिएको थियो । २५ वर्षीय थापा अटो मोबाइल एसोसिएसन अफ नेपाल नाडा अध्यक्ष ध्रुव थापाका छोरा हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप