सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘भुन्टी’ र ‘कान्छी’ अभिनय गर्न किन पुगे जीतु र साम्राज्ञी ?

मङ्गलबार, १७ माघ २०७९, १४ : १३
मङ्गलबार, १७ माघ २०७९

काठमाडौंँ । पछिल्लो समयको लोकप्रिय सिरियल हो ‘भुन्टी’ र ‘कान्छी’ । यो सिरिजमा ठुलापर्दाका कलाकार र निर्माण निर्देशकको समेत आँखा पर्न थालेका छन् । त्यसैले पनि अचेल ठुलापर्दाको कलाकार सिरियलमा पुग्न थालेका छन् ।

यस्तै अगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ का कलाकार जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह पनि सिरियल ‘भुन्टी’ र ‘कान्छी’ अभिनय गर्न पुगेका छन् ।

फिल्म प्रमोशन हुने हिसाबले अतिथि कलाकारको रुपमा सिरियलमा अभिनय गर्न पुगेको कलाकार जीतु नेपालले बताए ।

पछिल्लो समयको अत्यन्तै लोकप्रिय सिरियल मध्य ‘भुन्टी’ र ‘कान्छी’ पनि पर्ने भएकोले दर्शकको पहुँचमा आफ्नो फिल्म  पुर्याउनका लागी यी दुई सिरिजले ठुलो भूमिका खेल्ने अपेक्षा राखेका छन् ।

‘भुन्टी’ र ‘कान्छी’ को लेखक तथा निर्देशक आशा खड्का हुन् । उनी आफै यी दुई सिरिजको मुख्य कलाकार हुन् । यी दुवै सिरिजको युट्युवमा आउने हरेक नयाँ भागले सातामै ५० लाख भन्दा बढी दर्शक पाउने गर्दछ । भ्यूजको आधारमा हेर्ने हो भने ‘भुन्टी’ र ‘कान्छी’ अहिले युट्युवमा सर्वाधिक हेरिने सिरियलमा पर्छ । ‘ह्यारी कि प्यारी’ को प्रमोशनका लागी जितु र साम्राज्ञी गतसाता ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा पनि पुगेका थिए । 

‘ह्यारी कि प्यारी’ डा. भोला रिजालको निर्माणमा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप