‘भुन्टी’ र ‘कान्छी’ अभिनय गर्न किन पुगे जीतु र साम्राज्ञी ?
काठमाडौंँ । पछिल्लो समयको लोकप्रिय सिरियल हो ‘भुन्टी’ र ‘कान्छी’ । यो सिरिजमा ठुलापर्दाका कलाकार र निर्माण निर्देशकको समेत आँखा पर्न थालेका छन् । त्यसैले पनि अचेल ठुलापर्दाको कलाकार सिरियलमा पुग्न थालेका छन् ।
यस्तै अगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ का कलाकार जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह पनि सिरियल ‘भुन्टी’ र ‘कान्छी’ अभिनय गर्न पुगेका छन् ।
फिल्म प्रमोशन हुने हिसाबले अतिथि कलाकारको रुपमा सिरियलमा अभिनय गर्न पुगेको कलाकार जीतु नेपालले बताए ।
पछिल्लो समयको अत्यन्तै लोकप्रिय सिरियल मध्य ‘भुन्टी’ र ‘कान्छी’ पनि पर्ने भएकोले दर्शकको पहुँचमा आफ्नो फिल्म पुर्याउनका लागी यी दुई सिरिजले ठुलो भूमिका खेल्ने अपेक्षा राखेका छन् ।
‘भुन्टी’ र ‘कान्छी’ को लेखक तथा निर्देशक आशा खड्का हुन् । उनी आफै यी दुई सिरिजको मुख्य कलाकार हुन् । यी दुवै सिरिजको युट्युवमा आउने हरेक नयाँ भागले सातामै ५० लाख भन्दा बढी दर्शक पाउने गर्दछ । भ्यूजको आधारमा हेर्ने हो भने ‘भुन्टी’ र ‘कान्छी’ अहिले युट्युवमा सर्वाधिक हेरिने सिरियलमा पर्छ । ‘ह्यारी कि प्यारी’ को प्रमोशनका लागी जितु र साम्राज्ञी गतसाता ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा पनि पुगेका थिए ।
‘ह्यारी कि प्यारी’ डा. भोला रिजालको निर्माणमा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण