शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकका पूर्वराष्ट्रपति सिरिसेना राष्ट्रपतीय  निर्वाचनमा प्रतिस्पर्धा गर्ने

मङ्गलबार, १७ माघ २०७९, १७ : ०४
मङ्गलबार, १७ माघ २०७९

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय  निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गरेको डेली मिररले जनाएको छ । 

पूर्वराष्ट्रपति सिरिसेनाले एसएलएफपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनाव लड्ने घोषणा गर्दै आफूविरुद्ध हुने कुनै पनि षडयन्त्रबाट आफू नडराउने बताए । “कुनै पनि षडयन्त्रसँग डराउँदिनँ । म कानुन र अदालतको सम्मान गर्छु । जस्तोसुकै समस्या आए पनि म एसएलएफपीको समर्थनमा अर्को राष्ट्रपतीय चुनावमा भाग लिनेछु,”  डेली मिररले मैत्रीपालालाई उद्धृत गर्दै समाचार छापेको छ । 

डेली मिररका अनुसार गत पुस २८ गते देशको सर्वोच्च अदालतले सिरिसेनालाई सन् २०१९ मा भएको ‘इस्टर सन्डे’ हमलाका पीडितलाई क्षतिपूर्तिस्वरुप रु १० करोड क्षतिपूर्ति दिन आदेश दिएको थियो । 

सिरिसेना सन् २०१५ देखि २०१९ सम्म श्रीलङ्काका राष्ट्रपति थिए । श्रीलङ्काकामा सन् २०२४ को सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुनेछ ।-(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप