बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारीले भने–चालू पुँजी कर्जा निर्देशनले अन्ततः उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो

मङ्गलबार, १७ माघ २०७९, २० : ४१
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले उद्योगी व्यवसायीहरूलाई जोगाउने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको २६ओ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निर्देशनले कर्जाको गलत प्रयोग हुनबाट बचाएको बताए ।

गभर्नर अधिकारीले भने,'चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले अन्ततः उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो । यसले फाइनान्सियल मिस युज हुनबाट रोक्दैछ' उनले भने,'निर्देशनले स्वयं ऋणीलाई जोखिमबाट बचाउने हो ।'

अन्धाधुन्ध चालुपुँजी कर्जाको प्रयोग हुँदा ऋणी जोखिममा पर्ने र बैंकहरुको लगानीलाई समेत व्यवस्थित गर्न यस्तो कार्य नीति लिनुपरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप