दुबईमा हुने सिने फेष्ट कार्यक्रममा मेरो संलग्नता छैन : विजय लामा
बुधबार, १८ माघ २०७९, ११ : २९
काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट तथा कलाकार विजय लामाले चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ मा आफ्नो संलग्नता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत लामाले सो कुराको जानकारी दिएका हुन् ।
लामाले बोर्डले आयोजना गर्न लागेको सो कार्यक्रमको पोष्टरमा आफ्नो स्वीकृति बिना तस्बिर राखेको भन्दै गुनासो समेत पोखेका छन् । उनले भनेका छन् : ‘यही पोष्टमार्फत यस कार्यक्रमसँग मेरो कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहान्छु । आइन्दादेखि कसैले पनि मेरो तस्बिर चलाउन परे पूर्व सूचना या स्वीकृत लिएर मात्रै गर्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण