प्रधानमन्त्रीको आश्वासन–प्रवासी नेपालीको समस्या समाधान गर्न शक्तिशाली आयोग बनाउन सकारात्मक छु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीहरूको समस्या समाधान गर्न छुट्टै शक्तिशाली आयोग बनाउन सकारात्मक रहेको बताएका छन् ।
माओवादी केन्द्रको प्रवास समन्वय समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आयोग बनाउने विषयमा सकारात्मक जवाफ दिएका हुन् ।
विदेशमा बस्ने नेपालीले धेरै प्रकारका समस्या वेर्होन थालेपछि प्रवास समन्वय समितिले शक्तिशाली आयोग बनाउन माग गरेको हो ।
यस्तै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित भएको अवस्थामा कसरी सुरक्षित गर्ने भन्ने विषयमा पहल गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई प्रवास समन्वय समितिले १३ बुँदे ज्ञापन पत्र बुझाउँदै कामदारहरू अवैध हैसियतमा पुग्नुको कारणहरू पत्ता लगाई यदि कामदार निर्दोष भएका उनको पक्षमा दूतावासले कूटनीतिक पहल गरी न्याय दिलाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।
यस्तै कोरियामा हवाई टिकट भएको सिन्डिकेट तोड्न राज्यले उचित भूमिका खेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रवास कमिटीका सह इन्चार्ज लक्ष्मणदत्त पन्त, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मासहित अन्य पदाधिकारी र सदस्यहरू सहभागी भएका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण