मन्त्रीहरुले संविधानको व्यवस्था विपरीत बोल्न हुँदैन : सांसद पन्त
बुधबार, १८ माघ २०७९, १४ : ५३
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले सांसदले बोलेको उक्त विषयप्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण