कालीकोटमा घरमा सुत्केरी हुनेको संख्या घट्यो

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ ।
नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताए ।
गर्भवतीले नियमित गर्भ परीक्षण गराउने र उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेकाले घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्यमा झरेको उनको भनाइ छ ।
नगरपालिकामा नौवटै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने गरेका प्रमुख बरालले बताए । “नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी आधारभूत स्वास्थ्य एकाइमार्फत सेवा दिँदै आएको छ,” उनले भने ।
रास्कोट नगरपालिका–१ का स्थानीय माया सञ्ज्यालले भनिन्, “पहिला घरमा मात्रै सुत्केरी गराउने चलन रहेको थियो, नजिकै अस्पताल थिएनन्, तर अहिले स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा सुरक्षित हुन्छ ।”
अहिले स्थानीयस्तरमा नै विशेषज्ञसहितको सेवा प्राप्त भएपछि उपचार सहज भएको स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साना र ठुला उद्योगको न्यूनतम पारिश्रमिक फरक हुनुपर्छ’
-
चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा
-
राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
-
नीतिगत तहमा रोजगारदाता हाबी हुँदा श्रमिकलाई समस्या
-
रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्न एकीकृत समाजवादीको माग
-
विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)