शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाइनिज पेस्तोल र ६ राउण्ड गोली सहित दुई जना पक्राउ

बिहीबार, १९ माघ २०७९, ११ : ४०
बिहीबार, १९ माघ २०७९

सुनसरी । इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा  उनीहरूलाई उक्त हतियार र प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप