कलाकारले किन भेटे मेयर बालेन ?
बिहीबार, १९ माघ २०७९, १२ : ०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले करिब आधा दर्जन कलाकर्मीसँग भेटघाट गरेका छन् । शाहले कलाकर्मीसँग बुधबार आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।
कलाकर्मी शाहलाई आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने छैटौं ‘निफ’–२०२३ को सिलसिलामा पुगेका थिए । उक्त अवसरमा कलाकर्मीले बालेनलाई फिल्म महोत्सवको विभिन्न जानकारी समेत दिएका थिए । कलाकर्मीलाई मेयर शाहले फेस्टिभलका लागि आफू र महानगरले सक्दो सहयोग गर्ने बताए ।
भेटमा निफका प्रमुख सल्लाहकार नीर शाह, कलाकार सङ्घकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, निर्देशक यादव भट्टराई, निर्देशक तथा ‘निफ–२०२३’ का पिआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरी लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण