आलोचकलाई रविको जवाफ : म अभिमन्यु होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’
सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरिरहेका छन् । यद्यपि, पार्टीको सङ्कल्पविपरीत चोर बाटोबाट मन्त्री बन्न लागेको तथा पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी रहेका बेला स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । यस विषयमा उनको पार्टीसमेत दुई धारमा विभाजित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको साझा न्यूनतम कार्यक्रम : संकटोन्मुख अर्थतन्त्र जोगाउने के छ उपाय ?
-
बस सेवाले ल्यायो सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमिकता
-
देशका २९ जिल्लामा चौँरी पालन, कुन जिल्लामा कति ?
-
पशुपतिमा प्लास्टिकजन्य सामग्री नलैजान अनुरोध
-
चितवन–२ मा सत्ता गठबन्धनको उम्मेदवार जितनारायण
-
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक