शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बिहीबार, १९ माघ २०७९, १४ : २२
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ । 

रास्वपाले गृह मन्त्रालयका लागि निरन्तर लबिङ गर्दै आएपनि सकारात्मक नतिजा नआएसँगै केन्द्रीय समिति बोलाएर आवश्यक निर्णय गर्न लागेको हो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप