राजनीति
सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, १९ माघ २०७९, १४ : २२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ ।
रास्वपाले गृह मन्त्रालयका लागि निरन्तर लबिङ गर्दै आएपनि सकारात्मक नतिजा नआएसँगै केन्द्रीय समिति बोलाएर आवश्यक निर्णय गर्न लागेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि सुनुवाइ हुँदै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण