प्रदेशको नामकरण सहमतिमा नटुंगिए प्रक्रियाबाट टुंगो लगाउँछौ : मुख्यमन्त्री कार्की
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा छौं । सहमति नभए प्रक्रियाबाट भएपनि नामको विषय टुंगो लगाउने पक्षमा हामी छौं,’ उनले भने ।
कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गरे । ‘मान्छेहरुले प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरु लेख्नुभएको छ । त्यही संरचनाको चौथो मुख्यमन्त्री बनेर उभिएको छु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भाव भएको हो । ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था आएको छैन,’ कार्कीले भने, ‘कमजोरी सच्याउने प्रयास गरौं, राम्रो कामको प्रशंसा पनि गरौं । १४ सदस्यीय मन्त्री मण्डललाई घटाएर हामीले ९ वटामा झारेका छौं । प्रदेशसभाको संख्याको १० प्रतिशतभन्दा कम मन्त्री बनाउने हामीले प्रतिबद्धता गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण