प्रदेशको नामकरण सहमतिमा नटुंगिए प्रक्रियाबाट टुंगो लगाउँछौ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा छौं । सहमति नभए प्रक्रियाबाट भएपनि नामको विषय टुंगो लगाउने पक्षमा हामी छौं,’ उनले भने ।
कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गरे । ‘मान्छेहरुले प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरु लेख्नुभएको छ । त्यही संरचनाको चौथो मुख्यमन्त्री बनेर उभिएको छु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भाव भएको हो । ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था आएको छैन,’ कार्कीले भने, ‘कमजोरी सच्याउने प्रयास गरौं, राम्रो कामको प्रशंसा पनि गरौं । १४ सदस्यीय मन्त्री मण्डललाई घटाएर हामीले ९ वटामा झारेका छौं । प्रदेशसभाको संख्याको १० प्रतिशतभन्दा कम मन्त्री बनाउने हामीले प्रतिबद्धता गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा