सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की
झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए ।
“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उनले भने, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ । यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”
उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।
पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के(कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
अग्रज पत्रकार सम्मानित
प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् ।
पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुन् । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज हुन् । पकुवाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण