मन्त्री किराँतीद्वारा मायादेवी मन्दिरमा दर्शन
बुटवल । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले लुम्बिनीको गौतमबुद्व जन्मस्थलस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । मन्त्री भएपछि पहिलोपटक लुम्बिनी आएका किराँतीले शनिबार साँझ मायादेवी मन्दिरमा दर्शन गरेका हुन् ।
मन्त्री किराँतीले मायादेवी मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी तथा अवलोकन गरे । उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी र बुद्वका बारेमा मन्त्रीलाई जानकारी गराए । सो क्रममा मन्त्रीले मन्दिर परिसरमा दीप प्रज्जवलन समेत गरेका थिए ।
मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भइरहेका काम र बुद्व जन्मस्थलको इतिहास, पर्यटकका लागि दिइने सुविधाका बारेमा चासो राखेका थिए । मन्त्रीको अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयसहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, नेत्र शाही, राजेश शाक्य, परिषद सदस्यहरू श्रीराम यादव, गोपिकृष्ण शर्मा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण