शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

आइतबार, २२ माघ २०७९, १२ : २३
आइतबार, २२ माघ २०७९

काठमाडौँ । सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय  सभाको  उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने एक माओवादी नेताले जानकारी दिए । 

राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । 

लामो समयसम्म नेकपा एमालेमा  रहेकी  अर्यालले  दोस्रो  संविधान  सभा  निर्वाचनअघि माओवादी  केन्द्रमा  प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप